फङफङदेन कप विजेतालाई १२६ किलो अलैँची

दिनभर फुटबल हानेका खेलाडी अलैँचीका बोरा बोकेर फर्किए

मंसिर १२, २०८२

आनन्द गौतम

126 kg of cardamom for the winner of the Fangfangden Cup

What you should know

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका-४ साँवाको तेम्बामा रहेको फङफङदेन झरना, अलैँची तथा होमस्टेको प्रचार गर्ने उद्देश्यले आयोजित फुटबल प्रतियोगिताको उपाधि विजेताले पुरस्कारबापत १ सय २६ किलो अलैँची प्राप्त गरेका छन् । उपाधि विजेता, उपविजेता र विधागत तर्फको पुरस्कार विजेतालाई आयोजकले अलैँची पुरस्कार दिन घोषणा यसअघि नै गरेका थिए ।

फाइनल खेल भएको दिन बिहीबारको मूल्य प्रतिकिलो २४ सय रुपैयाँलाई मूल्यांकन गरेर तीन वटा बोरामा अलैँची राखेर पुरस्कार प्रदान गरिएको थियो । दिनभर फुटबल खेलेका खेलाडीहरूले पुरस्कारबापतको बोरा ढाडमा बोकेर फर्किएका थिए ।

प्रथम पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ रहेको थियो । यस्तै उपाधि उपविजेताले ६३ किलो अलैँची पाए । उपविजेता टोलीलाई १ लाख ५० हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिएको हो । उपाधि उपविजेतालाई २ बोरा अलैँची प्रदान गरिएको थियो ।

126 kg of cardamom for the winner of the Fangfangden Cupक्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि गणेश चोक कर्नर टिम पाँचथरले हात पारेको हो । बिहीबार भएको फाइनलमा हिमाली तोक्पेगोला युथ क्लब ताप्लेजुङलाई १-० गोल अन्तरले पराजित गर्दै गणेश चोकले उपाधि जितेको हो । गणेशचोकका निरोश लिङ्देनले गरेको एक मात्र गोल उपाधि जित्नका लागि निर्णायक बन्यो । यहाँको झरना, अलैँची, होमस्टेको प्रचारप्रसारका लागि गत वर्षदेखि यहाँ मेला लगाउन थालिएको छ ।

यस वर्षको उपाधि विजेताका लागि स्थानीय टेकबहादुर साँवाले पहिलो पुरस्कारबापतको अलैँची प्रायोजन गरेका थिए । मंसिर ७ गतेदेखि स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित सुरु भएको मेला बिहीबार सकिएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully