प्याब्सन मध्यक्षेत्रीय समितिको आयोजनामा १४ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबार सुरु भएको हो।
काठमाडौँ — प्याब्सन मध्यक्षेत्रीय समितिको आयोजनामा १४ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबार सुरु भएको छ ।
पहिलो दिन सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ४ र सिनियर गर्ल्समा २ सकिए । सिनियर ब्वाइजमा एभरेस्ट फ्लोरिडाले अल्बर्टलाई ४९–१४, काठमाडौं जेभियर्सले अक्षरलाई ३३–२३, सिर्जनशीललाई ३३–८, काठमाडौं इङलिस स्कुल (केईएस) ले स्पाङ्गललाई २२–१७, हेम्सले एसियनलाई ३३–१४ र मार्वलसलाई ३९–२२ तथा अल्बर्टले सुप्रिम इन्टरनेसनललाई २५–५ स्कोरले पराजित गरे ।
जुनियर ब्वाइजमा इनोभेटिभले काठमाडौं जेभियर्सलाई २१–१६, एसियन पब्लिकले लिटिल फ्लावरलाई १४–८, हेम्सले चैतन्यलाई १८–११ र सनसाइनले मार्वलसलाई २१–११ स्कोरले हराए ।
सिनियर गर्ल्समा काठमाडौं जेभियर्सले चैतन्यलाई २९–१६ र केइएसले सनसाइनलाई २६–१८ ले हराएको थियो ।
प्रतियोगिताको बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारिप्रकाश सञ्जेलले उद्घाटन गरे ।
प्रतियोगिताको सिनियर ब्वाइजमा १८ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमको सहभागिता रहेको आयोजक प्याब्सन मध्य क्षेत्रीयका अध्यक्ष धनप्रसाद सुब्बाले जनाएका छन् ।
