आइतबार भएको फाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर ३ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
हेटौंडा — थाहा नगरपालिकामा सञ्चालित मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर एकले चुमेको छ ।
आइतबार भएको फाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर ३ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । एक नम्बर वडाको तर्फबाट रोहित थोकर र दिनेश अमात्यले गोल गरेका थिए भने ३ नम्बर वडाको तर्फबाट रोशन तामाङले गोल गरेका थिए ।
प्रतियोगिताको विजेताले वडा नम्बर एकले ५० हजार रुपैयाँसहित शिल्ड र मेडल हात पारेको थियो । उपविजेताले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई नगरपालिकामा मेयर विष्णुबहादुर विष्टले पुस्कार वितरण गरेका थिए ।
थाहा नगरपालिका वडा नम्बर ३ को इन्द्रायणी चौरमा बिहीबारदेखि सञ्चालित प्रतियोगितामा थाहानगरका ९ वटा टिमको सहभागिता रहेको थियो ।
