सीसीएसले महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई ६ विकेटले हरायो । उपबिजेता लिटिल बुद्धले ५० हजार पायो ।
धनगढी — क्रिस्टियन सिटी स्कुल (सीसीएस) ले पाँचौं संस्करणको इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सीसीएसले १ लाख राशि पुरस्कार जित्यो ।
बुधबार फाइनलमा सीसीएसले महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई ६ विकेटले हरायो । उपबिजेता लिटिल बुद्धले ५० हजार पायो ।
महेन्द्रनगर कभर्डहलमा टस जितेको लिटिल बुद्धले सबै विकेट गुमाई ८८ रन जोड्यो । मनीष विष्टले ३६ रन बनाए । सीसीएसका नवीन विष्ट र आयुष सिंहले ३–३ विकेट तथा आयुष सिंहले २ विकेट लिए । ८९ रनको लक्ष्य पाएको सीसीएस ४ विकेट गुमाई लक्ष्य भेट्यो । हिमाल कुँवर र जीवन केसीले पाँचौं विकेटमा महत्त्वपूर्ण साझेदारीे गरेर विजय आधार तयार पारे । हिमालले ३८ र जीवनले १४ रन जोडे ।
सीसीएसका आर्यन धनपाली उत्कृष्ट ब्याटर र रेडियन्ट उमाविका रोशन बडु उत्कृष्ट बलर चुनिए । इन्टरनेसनल पब्लिक स्कुलले प्रतियोगिता आयोजना गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले विजेतालाई पुरस्कृत गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौराजबहादुर लिम्वुले यो प्रतियोगिता निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
