प्रतियोगितामा ब्वाइजमा ८ र गर्ल्समा ७ गरी १५ टिमको सहभागिता रहने आयोजक तार्केश्वर हिसानका अध्यक्ष लिलबहादुर पुनले जानकारी गराए ।
काठमाडौँ — उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालको काठमाडौं जिल्लाअन्तर्गत तेस्रो हिसान तार्केश्वर फुटसल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजमा ८ र गर्ल्समा ७ गरी १५ टिमको सहभागिता रहने आयोजक तार्केश्वर हिसानका अध्यक्ष लिलबहादुर पुनले जानकारी गराए । दुवै विधामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख रुपैयाँ खर्च हुने संयोजक एवं तार्केश्वर हिसानका सह–सचिव बद्रीनाथ भट्टले बताए ।
‘सर्वाङ्गीण विकासको एउटा पक्ष : खेलकुद’ भन्ने नारासाथ हुन लागेको दुईदिने प्रतियोगिताका खेल शेषमतिस्थित सेक्रेडहार्ट स्कुलमा खेलाइने छ ।
तार्केश्वर हिसानका सचिव कमलप्रसाद ज्ञवाली र तार्केश्वर हिसानका ईसीए इन्चार्ज राजेश रायमाझीले विद्यार्थीको चौतर्फी विकासका लागि तार्केश्वर हिसानले शिक्षासँगै खेलकुदमा जोड दिइरहेको बताए ।
