नेपाल एस्ट्रोनोमिकल सोसाइटी सन् २०१८ बाट अन्तर्रास्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदै आइरहेको छ । नेपालले २०१९, २०२३ साथै २०२५ गरी तीन पटक कांस्य पदक जितिसकेको छ ।
काठमाडौँ — २९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कांस्य पदक हात पारेको छ । २०८२ कात्तिक २० देखि २९ (नोभेम्बर ६ देखि १५) सम्म बंगलादेशको राजधानी ढाकामा आयोजित प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल गोदावरीमा कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले नेपालका लागि उक्त पदक दिलाएका हुन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी सन् २०१८ बाट अन्तर्रास्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदै आइरहेको छ । नेपालले २०१९, २०२३ साथै २०२५ गरी तीन पटक कांस्य पदक जितिसकेको छ ।
२०१४ बाट सुरु राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडबाट हरेक वर्ष विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडहरुमा भाग लिँदै आएका छन् ।
राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड के हो ?
राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि सिफारिस गरिँदै आइएको छ । २०१४ बाट संचालन गरिएको प्रतियोगिताबाट तीन हजारभन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् ।
कार्यक्रमले उत्कृष्ट ठहरिएका विद्यार्थीहरु देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् । नेपालमा संचालित विभिन्न राष्ट्रिय ओलिम्पियाडमध्ये राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड कक्षा ८-१२ अध्ययनरत १३-२० वर्षका विद्यार्थीहरुलाई जुनियर तथा सिनियर विधामा छनोट गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको तर्फबाट उत्कृष्ट गर्ने सातै प्रदेशमा छनोट परीक्षा संचालत हुने एक राष्ट्रिय कार्यक्रम हो ।
