गल्फ क्लबलाई अत्याधुनिक मेसिन प्रदान

अस्ट्रेलियामा निर्मित होन्डा मोडलका ग्रीन–कटर मेसिन एक थान र पानी तान्ने मेसिन एक थान परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले क्लबलाई हस्तान्तरण गरे ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Golf club provided with state-of-the-art machines

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालमा गल्फ खेलको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन रोयल नेपाल गल्फ क्लबलाई बुधबार अत्याधुनिक ग्रीन–कटर मेसिन उपलब्ध गराएको छ ।

अस्ट्रेलियामा निर्मित होन्डा मोडलका ग्रीन–कटर मेसिन एक थान र पानी तान्ने मेसिन एक थान परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले  क्लबलाई हस्तान्तरण गरे ।

राखेपका अनुसार आधुनिक प्रविधियुक्त ग्रीन–कटर मेसिन मैदान व्यवस्थापनका लागि अपरिहार्य उपकरणमध्ये एक मानिन्छ । ग्रीनको सतह सम्याउने, घाँस समुचित उचाइमा राख्ने तथा खेल मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित गर्ने कार्यमा यो मेसिन अत्यन्त प्रभावकारी हुने जनाइएको छ ।

रोयल नेपाल गल्फ क्लबले लामो समयदेखि गल्फ मैदानको मर्मत–सम्भार थप सुदृढ बनाउन आधुनिक उपकरण आवश्यक रहेको माग गर्दै आएको थियो । राखेपले उपलब्ध गराएको यस उपकरणले मैदानको गुणस्तर सुधार गर्ने, खेलाडीलाई अभ्यास तथा प्रतियोगिताका लागि अझ राम्रो वातावरण उपलब्ध गराउने तथा गल्फ पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् र रोयल नेपाल गल्फ क्लबबीचको सहकार्यसँगै गल्फ खेललाई दिगो रूपमा विकास गर्न आवश्यक पूर्वाधार तथा प्रशासनिक प्रक्रियाहरू क्रमशः सुदृढ गर्दै लैजाने तयारी रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully