टोलीलाई नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जन, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामालगायते बिदाइ गरे ।
काठमाडौँ — न्युजिल्यान्डमा हुने ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा भाग नेपालका ४ खेलाडी बुधबार न्युजिल्यान्डको अकल्यान्ड गएका छन् ।
नोभेम्बर २२ देखि २३ सम्म हुने प्रतियोगितामा २–२ पुरुष/महिला खेलाडीले भाग लिने छन् । खेलाडीमा विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्तीमगर र जुनु स्याङ्बो लामाले प्रतिस्पर्धा गर्नेछन् । विजय र निमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । दुवै राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीका सदस्य हुन् ।
टोलीलाई नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जन, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामालगायते बिदाइ गरे ।
प्रतियोगितापछि चारै खेलाडी करिब दुई महिनाको प्रशिक्षणमा न्युजिल्यान्डमै रहने र प्रशिक्षणले २० औं एसियाली खेलकुदको तयारीलाई अझ सुदृढ र व्यवस्थित बनाउने उपमहासचिव महर्जनले जनाए ।
