मंसिर १२ गते हुने दौडमा भाग लिन दावा शनिबार अस्ट्रेलिया जानेछन् ।
काठमाडौँ — नेपाली अल्ट्रा/ट्रेल रनर दावा तामाङले कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (यूटीएमबी) मा प्रतिस्पर्धा गर्ने छन् । मंसिर १२ गते हुने दौडमा भाग लिन दावा शनिबार अस्ट्रेलिया जानेछन् ।
रसुवा जिल्लाको कालिका गाउँपालिका–१ का अध्यक्ष समेत रहेका धावक दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । कराते खेलाडी र प्रशिक्षकसमेत रहेका दावाले १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । एक वर्षदेखि दावा यो विधामा सक्रिय छन् ।
वर्ल्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको छ ।
उनलाई बागमती प्रदेशका सांसद् इन्द्र गौतम, नेपाल एडभेन्चर रनिङ महासंघका उपाध्यक्ष राजन खत्री, तेह्रथुम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बराललगायतले बुधबार बिदाइ गरे ।
