जर्मनी र नेदरल्यान्ड्स पनि विश्वकपमा

समूह ‘ए’ मा जर्मनीले स्लोभाकियालाई ६–० ले हरायो भने नेदरल्यान्ड्सले समूह ‘जी’ मा लिथुवानियालाई ४–० ले पराजित गर्‍यो ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Germany and the Netherlands also in the World Cup

काठमाडौँ — जर्मनी र नेदरल्यान्ड्स पनि विश्वकप २०२६ मा पुग्ने देश भएका छन् । युरोपेली फुटबलका महाशक्ति देशले अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सोमबार सजिलो जित आत्मसात गरे ।

दुवै टिमलाई छनोटका लागि बराबरी नै पर्याप्त थियो । समूह ‘ए’ मा जर्मनीले स्लोभाकियालाई ६–० ले हरायो । यो जितपछि जर्मनीको १५ अंक भयो । स्लोभाकिया १२ अंकमा दोस्रो स्थानमा रह्यो र अब उसले प्ले–अफ खेल्नेछ ।

नेदरल्यान्ड्सले भने समूह ‘जी’ मा लिथुवानियालाई ४–० ले पराजित गर्‍यो र उसको २० अंक भएको छ । त्यस समूहमा पोल्यान्ड १७ अंमा रह्यो र दोस्रोमा रहेर उसले पनि प्ले अफ खेल्नेछ ।

अब १६ टिम सम्मलित प्ले–अफका खेल मार्चमा हुनेछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully