एनपीएलको सुरक्षाका लागि १५ सयभन्दा बढी प्रहरी परिचालित

प्रहरीले मुख्य गेटबाट खेलाडी र भीआईपीलाई मात्र प्रवेश दिइएको बताएको छ । अन्य तीन गेटबाट भने खेल हेर्ने दर्शकका लागि प्रवेश दिइने एसपी भट्टराईले जानकारी दिए ।

मंसिर १, २०८२

विवेक पोख्रेल

More than 1,500 police officers deployed for NPL security

What you should know

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सुरक्षाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीका गरी १५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।   

काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईका अनुसार आइतबार रातिदेखि नै सुरक्षा योजनासहित जिल्लाबाट प्रहरी टोली खटिएको छ । ‘१२ सय २३ जना प्रहरी यही कार्यक्रमका लागि घटिएका छन्,’ एसपी भट्टराईले भने,‘ अनुसन्धानका प्रहरी, ट्राफिक,  सीसीटीभी निगरानी गर्ने प्रहरीलगायत आवश्यक प्रहरी परिचालन गरिएको छ ।’ 

More than 1,500 police officers deployed for NPL securityएसपी भट्टराईका अनुसार क्यानसँग समन्वय गरेर ४० सीसीटीभी खेललाई लक्षित गरेर जडान गरिएको थियो । प्रहरीले ड्रोनबाट पनि निगरानी राख्नेछ ।

प्रहरीले मुख्य गेटबाट खेलाडी र भीआईपीलाई मात्र प्रवेश दिइएको बताएको छ । अन्य तीन गेटबाट भने खेल हेर्ने दर्शकका लागि प्रवेश दिइने एसपी भट्टराईले जानकारी दिए । आज उद्घाटन खेलका लागि २ सय ४५ प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । More than 1,500 police officers deployed for NPL securityएनपीएलको पहिलो खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्ससँग काठमान्डु गोर्खाजले प्रतिस्पर्धा गर्नेछ ।  प्रतियोगितामा सहभागी ८ फ्रेन्चाइज टोलीले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । मंसिर २३ गते क्वालिफायर १, मंसिर २४ गते इलिमिनेटर र मंसिर २५ गते क्वालिफायर २ हुनेछ । फाइनल मंसिर २७ मा हुनेछ ।

त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर क्यानले यस मैदानमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू आयोजना गरिसकेको छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully