नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र ग्लाइड सिटीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जुनियरतर्फ एन्जे शेर्पा दोस्रो र सुवर्ण अधिकारी तेस्रो भए । सिनियरतर्फ विपिन मगर दोस्रो र आर्यन तेस्रो भएका थिए ।
काठमाडौँ — सुवास श्रेष्ठ र रामु थारु एकदिने ग्लाइड फेस्ड स्केट स्पिड च्याम्पियनसिपअर्न्तगत जुनियर र सिनियर विधामा च्याम्पियन भएका छन् ।
ललितपुरको यूएन पार्कमा शनिबार प्रतियोगितामा जुनियरतर्फ सुवास र सिनियरतर्फ रामु विजेता बने । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र ग्लाइड सिटीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जुनियरतर्फ एन्जे शेर्पा दोस्रो र सुवर्ण अधिकारी तेस्रो भए । सिनियरतर्फ विपिन मगर दोस्रो र आर्यन तेस्रो भएका थिए ।
संघका महासचिव सत्य थापाका अनुसार खुला च्याम्पियनसिपअर्न्तगत दुईवटै विधामा ५०–५० खेलाडी सहभागी थिए । जुनियरमा १५० मिटर र सिनियरमा २५० मिटरको ६ फिट ट्र्याकमा प्रतिस्पर्धा गरेका थिए । निर्णायक मण्डलमा प्रमुख प्रशिक्षक दिलीपराज बराल, राष्ट्रिय खेलाडी कृपा पन्त, योगिना श्रेष्ठ, मुस्कान मगर, प्रयास खड्का थिए ।
विजेता खेलाडीलाई पूर्व खेलकुदमन्त्री महेश्वरजंग गहतराज, संघका अध्यक्ष अच्युत खनाल र प्रमुख प्रशिक्षक दिलीपराज बरालले पुरस्कृत गरेका थिए । ग्लाइड सिटीका सञ्चालक वसन्त पन्तले अथितिलाई मायो चिनो प्रदान गरे ।
यसअघि प्रतियोगिताको नेपाल ओलम्कि कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गर्दै स्केटिङमा बालबालिका र युवापुस्ताको आर्कषण रहेकाले यस खेलको भविष्य सुन्दर रहेको बताए ।
