टीआईए ब्वाइज तथा भ्याली पब्लिक गर्ल्समा च्याम्पियन बने ।
काठमाडौँ — आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
टीआईए ब्वाइज तथा भ्याली पब्लिक गर्ल्समा च्याम्पियन बने ।
घरेलु कोर्टमा आइतबार भएको ब्वाइजको रोमाञ्चक फाइनलमा टीआईएले निम्सलाई ४०–३७ ले पराजित गर्यो । टीआईएका सुमन नगरकोटीले १५ अंक जोडे । विल्सन एकेडेमी तेस्रो भयो ।
गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले चेल्सी वर्ल्ड स्कुललाई २५–१५ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ स्कोर गरिन् । ग्रिनल्यान्ड तेस्रो बन्यो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुमन र लोरिशा आ–आफ्नो विधामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, टीआईएका निर्देशक कर्मा सोनाम वाङ्दी शेर्पा, टीआईएकी प्रिन्सिपल निरा प्रधानलगायतले पुरस्कृत गरे । ब्वाइजमा २४ तथा गर्ल्समा १६ गरी ४० टिमले प्रतिस्पर्धा गरेको टीआईएका ईसीए/सीसीए प्रमुख उज्ज्वल रिजालले जनाएका छन् ।
