रामपुर आमाविलाई उपाधि

रामपुर नगरपालिकाको किसानबारी खेलमैदानमा शनिबार रामपुरले दरैठाँटी मावि रामपुरलाई १–० ले हराएको थियो । रामपुरका खेलाडी चिराजन मल्लले दोस्रो हाफको पाँचौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

कार्तिक २९, २०८२

माधव अर्याल

Rampur Ama Vidyalaya receives title

पाल्पा — रामपुर आवासीय माविले विद्यालयस्तरमा फुटबल खेलाडी पहिचान गर्न पाल्पाको रामपुरमा आयोजित अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

रामपुर नगरपालिकाको किसानबारी खेलमैदानमा शनिबार रामपुरले दरैठाँटी मावि रामपुरलाई १–० ले हराएको थियो । रामपुरका खेलाडी चिराजन मल्लले दोस्रो हाफको पाँचौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

रामपुरले ३० हजार र दरैठाँटीले २० हजार रुपैयाँ पुरस्कार पाए । अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी सन्दीप राना, रामपुर फुटबल एकेडेमीका अध्यक्ष अनिल शाही ठकुरी, रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनलगायतले पुरस्कार वितरण गरे । उत्कृष्ट खेलाडी रामपुरका सन्देश राना, उत्कृष्ट गोलकर्ता संगम बिक, उत्कृष्ट डिफेन्डर दरैठाँटीका विशन चौबे, सर्वाधिक गोलकर्ता आनन्द निकेतनका रोनिक बिक चुनिए । प्लेयर अफ द फाइनल रामपुरका चिराजन मल्ल भए ।

दरैठाँटीले आधारभूत मावि रामपुर–७ लाई ३–२ ले र रामपुरले आनन्द निकेतन विद्याश्रमलाई २–० हराएर फाइनल तय गरेको थियो । सेमिफाइनमा पराजित दुवैले ८–८ हजार पाएको संयोजक केशवराज श्रेष्ठले बताए ।

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराइएको थियो ।

Rampur Ama Vidyalaya receives title

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully