ल्यान्डमार्क एकेडेमीको संयोजनमा भएको प्रतियोगिताको ब्वाइजमा नवोदितका सौरभ खड्का र गर्ल्समा ल्यान्डमार्ककी प्रतीक्षा राई ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।
काठमाडौँ — नवोदित र ल्यान्डमार्क एकेडेमीले नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । नवोदित ब्वाइज र ल्यान्डमार्क गर्ल्समा च्याम्पियन बने ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा शनिबार भएको प्रतियोगिताको ब्वाइज फाइनलमा नवोदितले ह्वाइट हेभनलाई १८–८ स्कोरले हरायो । नवोदितका आदेश बगालेले ६ स्कोर गरे ।
गर्ल्सतर्फ ल्यान्डमार्कले तेजस्वी एकेडेमीलाई १२–८ ले हरायो । ल्यान्डमार्ककी प्रतीक्षा राईले ८ स्कोर गरिन् । ब्वाइज/गर्ल्स दुवैमा गण्डकी पब्लिक स्कुल तेस्रो भयो ।
ल्यान्डमार्क एकेडेमीको संयोजनमा भएको प्रतियोगिताको ब्वाइजमा नवोदितका सौरभ खड्का र गर्ल्समा ल्यान्डमार्ककी प्रतीक्षा राई ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।
ब्वाइजमा नवोदितका सवल श्रेष्ठ र गर्ल्समा ल्यान्डमार्ककी सृष्टि लो प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सवलले ३१ र सृष्टिले २५ स्कोर जोडे ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटालगायतले पुरस्कृत गरे । ब्वाइजमा १४ तथा गर्ल्समा ८ टिमले भाग लिएका थिए ।
