पहिलो दिन ३२ स्पर्धाको फाइनल सम्पन्न हुँदा नेपाल २१ स्वर्णसहित शीर्ष स्थानमा छ । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।
काठमाडौँ — इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा पाँचौं नेपाल ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा सुरु भएको छ ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले उद्घाटन गरेको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र मलेसियाबाट ४ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीका अध्यक्ष एवं प्रतियोगिता निर्देशक राकेश राईले जनाएका छन् ।
प्रतियोगितामा क्योरोगी र पुम्सेमा गरी ५६ स्पर्धा समावेश रहेको छ ।
पहिलो दिन ३२ स्पर्धाको फाइनल सम्पन्न हुँदा नेपाल २१ स्वर्णसहित शीर्ष स्थानमा छ । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।