किस्क र एलाइटले जिते ओएसिस कप

दोहोरो उपाधि जितेको किस्क सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । एलाइट एसईईतर्फ पहिलो भयो ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Kisk and Elite win Oasis Cup

काठमाडौँ — किस्क र एलाइट बास्केटबल एकेडेमीले तेस्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामको उपाधि जितेका छन् ।

दोहोरो उपाधि जितेको किस्क सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । एलाइट एसईईतर्फ पहिलो भयो ।

आयोजक ओएसिस स्कुलको कोर्टमा सिनियर ब्वाइज फाइनलमा किस्कले रेडियन्ट पब्लिकलाई १७–१० स्कोरले पराजित गर्‍यो । किस्कका ब्रुक्स जेन्सेनले ८ स्कोर जोडे । जुनियर ब्वाइजको फाइनलमा किस्कले ज्ञानोदयलाई ८–६ ले हरायो । किस्कका जय महर्जनले ७ स्कोर गरे ।

एसईईको उपाधि भिडन्तमा एलाइटले आयोजक ओएसिसलाई १९–१५ ले हरायो । विजेताका प्रदीन बोहराले स्कोर गरे । विजेताले १० हजार र उपविजेताले ५ हजार पाए । एलाइटका प्रदिन ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । ओएसिसका जेसन राना मगर सर्वाधिक स्कोरकर्ता बने । दुवैले जनही ३ हजार पाए ।  

सिनियर ब्वाइजमा किस्कका ब्रुक्स तथा जुनियर ब्वाइजमा किस्ककै जय ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा रेडियन्टका सुसनराज न्यौपाने र जुनियर ब्वाइजमा ज्ञानोदयका युनिश स्याङ्तान सर्वाधिक स्कोरकर्ता भए ।

विजेतालाई ओएसिसकी संस्थापक जानुका लिम्बू, कार्यकारी निर्देशक मीनकुमार लिम्बू र प्रिन्सिपल निलम भट्टराई, ओएसिसका प्रशिक्षक समेत रहेका राष्ट्रिय पुरुष बास्केटबल टोलीका खेलाडी विनोद महर्जनले पुरस्कृत गरे ।  

कान्तिपुर

Link copied successfully