विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

मिरपुरमा हुने प्रतियोगितामा आयोजक बंगलादेश, गत वर्षको विजेता भारत, नेपाल, इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना, इन्डोनेसियालगायतका राष्ट्रको सहभागिता रहने छ ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Kabaddi team to travel to Bangladesh to play in World Cup

काठमाडौँ — दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ ।

नोभेम्बर १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा नेपाली टोलीमा मानमति विष्ट, जयन्ती बडू, मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, सिर्जनाकुमारी थारु, सिर्जना धानुक, मनीषा जोशी, उरुसा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी छन् ।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरबिन्दकुमार झाले जनाएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठलगायतले शुक्रबार बिदाइ गरे । एक अर्को कार्यक्रमबीच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले पनि टोलीलाई बिदाइ गरेका थिए ।

मिरपुरमा हुने प्रतियोगितामा आयोजक बंगलादेश, गत वर्षको विजेता भारत, नेपाल, इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना, इन्डोनेसियालगायतका राष्ट्रको सहभागिता रहने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully