वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरकेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो क्वाटरफाइनलमा वडा नं १३ ले वडा नं २४ लाई सजिलै ५–० ले हरायो ।
काठमाडौँ — डा नं ४, वडा नं ११, वडा नं १३ र वडा नं १४ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरकेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो क्वाटरफाइनलमा वडा नं १३ ले वडा नं २४ लाई सजिलै ५–० ले हरायो ।
त्यस खेलमा विकेश शाहीले ह्याट्रिक गरे । अन्य गोल अभय राना र आसिस कपालीको नाममा रह्यो । तीन गोल गर्ने विकेश म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो क्वाटरफाइनलमा वडा ६ ले वडा १४ लाई १–० ले पराजित गर्यो । सो खेलमा केशव भण्डारीको गोल निर्णायक बनेको हो । केशव नै म्यान अफ दि म्याच चुनिए ।
तेस्रो क्वाटरफाइन वडा नं ४ ले वडा नं ३ विरुद्ध कठिन १–० को जित हात पार्यो । विक्रान्त नरसिंह रानाको गोलले वडा नं ४ विजयी भएको हो । विक्रान्तले म्यान अफ दि म्याचको पुरस्कार पाए ।
चौथो तथा अन्तिम क्वाटरफाइनलमा वडा ११ ले गत विजेता वडा १६ को चुनौती १–० ले नै समाप्त पार्यो । त्यस खेलमा म्यान अफ दि म्याच बनेका विराज महर्जनले गोल गरेका थिए ।
