यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरूसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।
काठमाडौँ — सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरूसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।
पारस खड्का नेपालमा सोमानी सेरामिक्सको ब्रान्ड फेसको रूपमा रहने र उनले टायल्स, बाथवेयर, एडेसिभ र वाटरप्रुफिलगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनको ब्राण्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी गराईने कम्पनिले जनाएको छ ।
सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी रहेको बताउँदै पारसको लगनशीलता र उत्कृष्टताको यात्राले हाम्रो नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने बताए ।
नेपालमा लामो समयदेखि नम्बर एक टायल्स र बाथवेयर ब्रान्ड रहेकाले पारसको विश्वसनीयता र मानिसहरूसँगको सम्बन्धले सोमानीको गुणस्तर, डिजाइन र विश्वासको लक्ष्यलाई थप बलियो बनाउने उनको विश्वास छ ।
सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले एक चर्चित अलराउन्डर र नेपालमा घर–घरमा चिनिएको नाम पारस, उनी मैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारिता र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय रहेको स्मरण गराए ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव समेत रहेका पारस खड्काले साझेदारीप्रति उत्साह व्यक्त गर्दै आफूले जीवनमा लिएको मूल्य मान्यता जस्तै उत्कृष्ट र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
