ब्वाइजतर्फ घरेलु कोर्टमा टीआईएले युरो स्कुललाई ५३–२८ स्कोरले हरायो । टीआईएका रोशन नगरकोटीले १९ स्कोर जोडे ।
काठमाडौँ — आयोजक ठुङ्रम इन्टरनेसनल एकेडेमी (टीआईए) १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
ब्वाइजतर्फ घरेलु कोर्टमा टीआईएले युरो स्कुललाई ५३–२८ स्कोरले हरायो । टीआईएका रोशन नगरकोटीले १९ स्कोर जोडे ।
कन्स्टिलेसनलले स्किब्सले ४७–३६, भ्याली पब्लिकले अपीलाई ४८–३० र हेम्सले एलआरआईलाई ५९–१९ स्कोरले हराएर क्वाटरफाइनलमा पुगे । कन्स्टिलेसनका सुदीन तामाङले १४, भ्यालीका अशोक बिकले १२ र हेम्सका आशुतोष यादवले १७ स्कोर गरे ।
अन्य प्रिक्वाटरफाइनलमा विल्सन एकेडेमीले बीएमसीएलाई ३७–२७, निम्सले ग्रिनल्यान्डलाई ६४–२६, ज्ञान निकेतनले दुर्गा भवानी एकेडेमीलाई ४३–३६ र एसएमडीले भीएस निकेतनलाई ३७–१९ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरे । विल्सनका रेहन डंगोलले १७, निम्सका सुवास हिमालले १८, ज्ञान निकेतनका दिप्सन अधिकारीले १४ र एसएमडीका लाजेन शेर्पाले ७ स्कोर जोडे ।
