फाइनल खेल मंसिर २ गते हुनेछ ।
What you should know
हेटौंडा — गौरीटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग प्रतियोगिताबाट टाइगर्स टिम र गाईघाट फुटबल क्लब बाहिरिएको छ ।
बुधबार भएको पहिलो खेलमा नव जनजागृति युवा क्लबले टाइगर्स टिमलाई ५–० गोल अन्तरले पराजित गरेसँगै प्रतियोगिताबाट बाहिरिएको हो । नव जनजागृतिका प्रताप सिंह राईले खेलको ६० औ र ८६ औं मिनेटमा दुई गोल गरेका हुन् । यस्तै विजय उर्नवले ७८ औ, सुजन डंगोलले ८८ औ र पूजन थापाले ९० औ मिनेटमा समान १/१ गोल गरेका हुन् । प्लेयर अफ द म्याच बनेका प्रताप सिंह राईले ५ हजार प्राप्त गरे । टाइगर्स टिमले लिग चरणको ४ वटा खेलमध्ये एउटामा मात्रै जित निकाल्न सकेको छ ।
यसैगरी बुधबार गाईघाट फुटबल क्लब र हैरान्स क्लब बीचको दोस्रो खेल २/२ गोलको बराबरीमा सकेको थियो । खेलको २५ औं मिनेटमा गाईघाट फुटबल क्लबका सुदीप श्रेष्ठले पेनाल्टी गोल र ४५ औं मिनेटमा विश्वास उदासले १ गोल गरेका थिए भने जवाफमा हैरान्स क्लबका अनिष महर्जनले ८१ आौ ८९ औ मिनेटमा गोल फर्काएका थिए । प्लेयर अफ द म्याच बनेका हैरान्स क्लबका अनिष महर्जनले ५ हजार रुपैया हात पारे ।
समूह ‘बी’ मा ३ खेल खेलेका नव जनजागृति युवा क्लब र गाईघाट फुटबल क्लब सामान ५/५ अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । समूह ‘ए’ ५/५ अंकका साथ विजय स्पोर्ट्स क्लब र लालीगुराँस एसोसिएसन क्लब अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समूह ‘ए’ र समूह ‘बि’ का विजेता र उपविजेता टोलीले प्रतियोगिताको सेमिफाइनल खेल्नेछ । फाइनल खेल मंसिर २ गते हुनेछ । विजेता टोलीले १० लाख र उपविजेता टोलीले ५ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ ।
