‘ए’ डिभिजन लिग चार महिनापछि गर्ने सहमति

अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजनका क्लबबीच मंगलबार अबको १ सय २० पछि ‘ए’ डिभिजन लिग गर्ने सहमति बनेको हो ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Agreement to hold 'A' Division League after four months

काठमाडौँ — फेरि एकपल्ट कुनै नयाँ अन्योल तेर्सिएन भने सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग चार महिनापछि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजनका क्लबबीच मंगलबार अबको १ सय २० पछि ‘ए’ डिभिजन लिग गर्ने सहमति बनेको हो ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले एन्फा र क्लबलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा छलफलका लागि बोलाएका थिए । त्यसै क्रममा ‘ए’ डिभिजन लिग हुने नयाँ मिति तय भएको हो । छलफलका क्रममा एन्फाले प्रतियोगिताका लागि नयाँ मिति प्रस्ताव गरेको हो । 

यसअघि एन्फा र क्लबबीच पुस ९ गतेदेखि राष्ट्रिय लिग गर्ने सहमति भएको थियो । त्यस अवसरमा ‘ए’ डिभिजन लिग भने अर्को वर्षको पुसमा मात्र गर्ने योजना बनेको थियो । फुटबल खेलाडीले भने त्यसको विरोधमा प्रदर्शन गर्नुका साथै सातदोबाटोस्थित एन्फा मुख्यालयमा धर्ना पनि बसेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully