यो वर्ष सञ्चालन हुने प्रतियोगिता दोस्रो संस्करणको हो । जस्लाई ‘खुला पुरुष, महिला (बाल बालिका) भेट्रान्स हाफ म्याराथन २०८२’ नामाकरण गरिएको को छ ।
What you should know
पाँचथर — दोस्रो लब्रेकुटी–शिलौती फाल्गुनन्द म्याराथन छ वटा विधामा सञ्चालन गरिने भएको छ ।
एथलेटिक्स संघ पाँचथरसहित विभिन्न संस्थाले नेपालका १६औं राष्ट्रिय विभूति तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको १ सय ४१औं जन्म जयन्तीका दिन कात्तिक २५ गते प्रतियोगिता गर्न लागेका हुन् ।
यो वर्ष सञ्चालन हुने प्रतियोगिता दोस्रो संस्करणको हो । जस्लाई ‘खुला पुरुष, महिला (बाल बालिका) भेट्रान्स हाफ म्याराथन २०८२’ नामाकरण गरिएको को छ ।
यसपटकको प्रतियोगितामा खुल्ला पुरुषतर्फ २१ किलोमिटर दूरी तथा महिला, बाल बालिका र भेट्रान्सतर्फ ६ किलोमिटर दूरीमा प्रतियोगिता आयोजना गर्न प्रतियोगितको तयारीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत बताइएको छ ।
म्याराथन फाल्गुनन्दको कर्मथलो लब्रेकुटीदेखि सुरु भएर कान्छी दोकान, पौवा भञ्ज्याङ, ध्वजे डाँडा हुँदै लब्रेकुटीमै आएर टुंग्याइने आयोजक एथलेटिक्स संघका जिल्ला अध्यक्ष पुर्णहाङ तुम्बापो (रेन्जो) ले जानकारी दिए ।
खुला पुरुषतर्फको प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने प्रतिस्पर्धीलाई क्रमशः३०, २० र १० हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । महिलातर्फ १० हजार, ७ हजार र ५ हजार, बालबालिकातर्फ ५ हजार, ३ हजार र हजार तथा भेट्रान्सतर्फ १० हजार, ६ हजार र ४ हजार नगदसहित ट्रफी मेल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।
प्रतियोगिताको आयोजकमा एथलेटिक्स संघ पांचथर, किराँत धर्म तथा साहित्य उत्थान संघ, लब्रेकुटी पर्यटन विकास समिति र किराँत साङसेन वरक चोत्लुङ माङहिमको छन् ।
आयोजक संस्थाले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएका हुन् । सो अवसरमा प्रतियोगिताका ट्रफीसमेत सार्वजनिक गरिएको छ ।
