एनपीएलको खेल तालिका सार्वजनिक

आगामी मंसिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

NPL match schedule released

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मंसिर  १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका  खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । 

आगामी मंसिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ । 

प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । दिनमा  दुई वटा खेल हुँदा पहिलो खेल दिउँसो ११:४५ र दोस्रो खेल ३:३० तथा ४ बजे सुरू हुनेछन् । प्लेअफका तीन  खेल भने दिउँसो ४ बजे सुरू हुनेछन् । आगामी मंसिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा  हुने तयारी रहेको क्यानले जनाएको छ ।

कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइनेछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully