‘ट्यालेन्ट हन्ट’ बाट तीव्र गतिका बलर हिक्मत उत्कृष्ट हुँदै ‘आइकोनिक प्लेयर’ बनेका हुन् ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक प्लेयर’ बनेका छन् । ‘ट्यालेन्ट हन्ट’ बाट तीव्र गतिका बलर हिक्मत उत्कृष्ट हुँदै ‘आइकोनिक प्लेयर’ बनेका हुन् ।
धनगढी क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै ३ सय सहभागी भएका थिए । जगत टमाटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरण गरेर खेलाडी छनोट गरेको हो ।
हिक्मतले अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपीएल खेल्नेछन् । आइकोनिकबाहेक अन्य ५ खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ । त्यसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैसी र अभिषेक कोइराला छन् ।
हिक्मत बिट दी स्पिडमा १३१ किमि गतिमा बलिङ गर्दै पहिलो र अभिषेक १२५ किमि गतिमा बलिङ गर्दै तेस्रो भएका थिए ।
