बेंगलुरूमा अभिषेककाे विजयी सुरुआत

२० हजार अमेरिकी डलर पुरस्कार राशि भएको बेंगलुरु टेनिस खेल्ने उनी नेपालका एक्लो खेलाडी हुन् ।

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

Abhishek's winning start in Bengaluru

काठमाडौँ — नेपालका व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोलाले भारतकाे बेंगलुरूमा आइतबार सुरु यूटीआर प्रो बेंगलुरु टेनिसमा विजयी सुरुआत गरेका छन् ।  

रोहन बोपन्ना टेनिस एकेडेमीमा भएकाे प्रतियोगितामा अभिषेकले अमेरिकी खेलाडी विक्रमजित चावलालाई साेझाे सेटमा पराजित गरेका थिए । उनले ६-१, ७-६ (७-३) काे नतिजा नपकालेका छन् ।

२० हजार अमेरिकी डलर पुरस्कार राशि भएको बेंगलुरु टेनिस खेल्ने उनी नेपालका एक्लो खेलाडी हुन् । अभिषेकले सन् २०२१ देखि यूटीआर प्रो टेनिसका १३ वटा प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । विश्वका शीर्ष ३ हजार बढी खेलाडीले यूटीआर प्रो सिरिज खेल्ने गर्छन् ।

यही नोभेम्बर १५ सम्म चल्ने स्पर्धामा अभिषेकले राउन्ड रोबिनमा प्रतिस्पर्धा गर्नेछन् । अभिषेकले अब अर्को चरणमा आयाेजक भारतका प्रतिद्वन्द्वी पार्थ अग्रवालसँग खेल्नेछन् । 

कान्तिपुर

Link copied successfully