एल्चेसँग सोसिडाडको बराबरी

म्यानुएल मार्टिनेज भालेरोमा भएको खेलमा एल्चेले ५७ औं मिनेटमा एल्भारो रोड्रिग्वेजको गोलले अग्रता लिएको थियो ।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

Sociedad draws with Elche

काठमाडौँ — मिखेल आयारजबलले खेलको अन्त्यतिर पेनाल्टीबाट गरेको गोलको मदतले रियल सोसिडाडले शनिबार राति एल्चेलाई १–१ को बराबरीमा रोकेको छ ।

म्यानुएल मार्टिनेज भालेरोमा भएको खेलमा एल्चेले ५७ औं मिनेटमा एल्भारो रोड्रिग्वेजको गोलले अग्रता लिएको थियो ।

घरेलु टिम जिततर्फ अग्रसर भइरहेको बेला सोसिडाडले ८९ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो र त्यसलाई आयारजबलले सजिलै गोलमा परिणत गरे । यो नतिजापछि एल्चे १२ खेलबाट १५ अंकमा नवौं स्थानमा रहेको छ ।

सोसिडाड भने समान १२ खेलबाट १३ अंकमा संघर्ष गरिरहेको छ र १४ औं स्थानमा छ । यो रेलिगेसन क्षेत्रबाट चार अंकको दूरी मात्र हो ।

कान्तिपुर

Link copied successfully