दोस्रो पथरी शनिश्चरे गोल्डकपको उपाधि सहलेसलाई 

मोरङको पथरीस्थित जांते मोडको खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा आयोजक पथरी ११ माथि २–१ गोल अन्तरको पुनरागमन जित निकाल्दै सहलेसले उपाधि चुमेको हो ।

कार्तिक २२, २०८२

अर्जुन सुवेदी

Sahales wins second Pathari Shanishchare Gold Cup title

What you should know

सुनसरी — दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपको उपाधि सिरहाको सहलेस युवा क्लबले जितेको छ । 

मोरङको पथरीस्थित जांते मोडको खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा आयोजक पथरी ११ माथि २–१ गोल अन्तरको पुनरागमन जित निकाल्दै सहलेसले उपाधि चुमेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा आयोजक टिम पथरी ११ उपविजेतामा चिक्त बुझाउन बाध्य भयो । खेलको १९ औं मिनेटमा पथरीका धिरेन क्षेत्रीले पेनाल्टीमार्फत गोल गरेर आयोजकलाई अग्रता दिलाएका थिए । सहलेसका करिम ओमोलोजाले निरज परियारलाई डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टिमा क्षेत्रीले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलको अग्रता लिएको आयोजक टिममाथि दोस्रो हाफमा सहलेस हाबी बन्यो । ५८ औं मिनेटमा म्यान अफ द फाइनल जय गुरुङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । 

खेलको ६९ औं मिनेटमा समिर तामाङले गोल गरेपछि सहलेसले अग्रता लिन सफल भयो । खेलको अन्तिम समयसम्म २–१ को अग्रता जोगाउँदै सहलेस च्याम्पियन बनेको हो । प्रतियोगिताको विजेता सहलेसले नगद ५ लाख पाउँदा उपविजेताले पथरी ११ ले २ लाख ५० हजार रुपैयाँमा पायो । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पथरीका युकेश तामाङ घोषित हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे । सहलेसका रेवट चौधरी उत्कृष्ट गोलरक्षक, रिजर्ड वईसन सर्वाधिक गोलकर्ता, राजीव यादव उत्कृष्ट प्रशिक्षक घोषित भए । पथरीका संजय लिम्बु उत्कृष्ट मिडफिल्डर, धिरेन क्षेत्री उत्कृष्ट डिफेन्स घोषित भए भने गोलरक्षक समिर क्षेत्री उदयमान खेलाडी घोषित भए । विधागत उत्कृष्ट सबैले जनही नगद १०/१० हजार रुपैयाँ प्राप्त गरे । 

कात्तिक १५ देखि सुरु भएको प्रतियोगितामा एक भारतीयसहित नेपालका ८ टिम सहभागी थिए । 

अर्जुन

Link copied successfully