(टीआईए) ‘ए’ ले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार दोहोरो जित पाएको छ ।
काठमाडौँ — आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘ए’ ले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार दोहोरो जित पाएको छ ।
घरेलु कोर्टमा टीआईए ‘ए’ ले दुर्गा भवानीलाई ५१–३२ स्कोरले पराजित गर्दा सुमन नगरकोटीले १९ स्कोर गरे । अर्को खेलमा टीआईए ‘ए’ ले हिमरश्मिलाई ४७–३२ ले हरायो । विजेताका लागि रोशन नगरकोटीले २२ स्कोर गरे ।
ब्वाइजमै बीएमसीएले टीआईए ‘बी’ लाई ३३–२२ ले र विल्सन एकेडेमीले ग्रिनल्यान्डलाई ५७–३७ ले हराए । बीएमसीएका आलोक कार्कीले १० र विल्सनका रेहान डंगोलले १६ स्कोर जोडे ।
गर्ल्समा हिमरश्मिले टीआईए ‘ए’ लाई १४–८ र बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले टीआईए ‘बी’ लाई १७–१० ले हरायो । हिमरश्मिकी पूर्णिमा कार्कीले ८ र बीएनएकी प्रेमिकाले ११ स्कोर जोडे ।
