डी ल्याङ्गे विराटनगरमा

योहाननको प्रशिक्षणमा केरलाले सन् २०२० देखि २०२३ सम्म रणजी ट्रफी खेलेको थियो । गत सिजन उनी आन्ध्रप्रदेशको प्रशिक्षक थिए ।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

De Lange in Biratnagar

काठमाडौँ — भारतको पूर्व तीव्र बलर टिनु योहानन लुम्बिनी लायन्सको प्रशिक्षक नियुक्त भएका छन् । लुम्बिनीले शुक्रबार विज्ञप्तिमार्फत योहाननको नियुक्तिबारे जानकारी दिएको हो ।

४६ वर्षे उनले २००१–०२ मा भारतबाट तीन टेस्ट र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । योहाननको प्रशिक्षणमा केरलाले सन् २०२० देखि २०२३ सम्म रणजी ट्रफी खेलेको थियो । गत सिजन उनी आन्ध्रप्रदेशको प्रशिक्षक थिए ।

उनले एमआरएफ पेस फाउन्डेसनमा रहेर पनि काम गरिसके । लायन्सले अघिल्लो दिन भारतका पूर्वअलराउन्डर रोबिन सिंहलाई मेन्टरमा नियुक्त गरेको थियो ।  

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनीले एनपीएलमा खेलिरहेको छ । टोलीमा सन्दीप जोरालगायतका खेलाडी छन् ।

कान्तिपुर

Link copied successfully