भ्याली पब्लिकले काठमाडौं युरोलाई २६–१४, चेल्सीलाई ३६–२३ र एसएमडीलाई ३१–२० स्कोरले हरायो । विजेता भ्यालीका क्रमशः सेलिनाले ६, लोरिसा गौचनले १५ र एलिना गौचनले १३ स्कोर जोडे ।
काठमाडौँ — भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शुक्रबार भ्याली पब्लिकको गर्ल्स टिमले तीन खेलमा जित पायो ।
भ्याली पब्लिकले काठमाडौं युरोलाई २६–१४, चेल्सीलाई ३६–२३ र एसएमडीलाई ३१–२० स्कोरले हरायो । विजेता भ्यालीका क्रमशः सेलिनाले ६, लोरिसा गौचनले १५ र एलिना गौचनले १३ स्कोर जोडे ।
ब्वाइजमा भने मंगलदीपले भ्याली पब्लिकलाई ३८–३५ स्कोरले हरायो । विजेताका अजेश नेपालीले १३ स्कोर गरे । ठुङ्रम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा भइरहेको प्रतियोगिताको गर्ल्समा निम्सले टीआईए ‘ए’ लाई २८–१३ र काष्ठमण्डपले ज्ञानोदयलाई १३–११ ले हराए । निम्सकी नीलम कोइरालाले १९ र काष्ठमाण्डपकी रिहान्सी केसीले ४ स्कोर जोडे ।
प्रतियोगिताको बूढानीलकण्ठ वडा ७ का अध्यक्ष बसनारायाण महर्जनले उद्घाटन गरेका थिए । ब्वाइजमा २४ तथा गर्ल्समा १६ गरी ४० टिम प्रतिस्पर्धी छन् ।