कर्णालीमा एनपीएल ट्रफी टुर, हरेक खेल जित्दा लाख

कर्णालीले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा दोस्रो नेपाल प्रिमियर लिगका लागि सल्यानको कुपिण्डे ताल र खलंगाबजार, सुर्खेतको काँक्रेबिहार, वीरेन्द्रनगरमा ट्रफी परिक्रमा गराइएको थियो । हजारौं विद्यार्थी तथा स्थानीयले एनपीएल ट्रफी नजिकैबाट नियालेका थिए ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

NPL Trophy Tour in Karnali, lakhs for every match won

काठमाडौँ — कर्णाली याक्स स्पोर्ट्स प्रालिले कर्णाली प्रदेशमा मुख्य सहर, धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रमा एनपीएल ट्रफी टुर सम्पन्न गरेको छ ।

कर्णालीले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा दोस्रो नेपाल प्रिमियर लिगका लागि सल्यानको कुपिण्डे ताल र खलंगाबजार, सुर्खेतको काँक्रेबिहार, वीरेन्द्रनगरमा ट्रफी परिक्रमा गराइएको थियो । हजारौं विद्यार्थी तथा स्थानीयले एनपीएल ट्रफी नजिकैबाट नियालेका थिए ।

प्रसिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा पुर्‍याएर ट्रफीलाई सुदूरपश्चिम पठाइएको थियो । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिको पनि उत्साहजनक सहभागिता थियो ।

बुधबार काँक्रेविहारबाट कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले ट्रफी अनावरण गरेका थिए ।

NPL Trophy Tour in Karnali, lakhs for every match won

ट्रफी यात्राका कर्णाली याक्सका प्रतिनिधिसँगै कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्न्यात, एनालिस्ट रवि थापा तथा खेलाडी विपिनप्रसाद शर्मा, युनिशसिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे सहभागी थिए ।

पहिलो संस्करणमा कर्णाली याक्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

यसैबीच कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ । कर्णालीका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्न्यातले कर्णालीले जित्ने हरेक खेलवापत एसियन पेन्ट्सले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त रकम प्रदेश क्रिकेटलाई प्रदान गरिने बस्न्यातले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully