सामुदायिक विद्यालयका लागि प्रवेश निःशुल्क गरिएको प्रतियोगिता मंसिर १ सम्म कीर्तिपुरस्थित आयोजककै कोर्टमा हुनेछ ।
काठमाडौँ — कीर्तिपुरको पुष्पसदन आवासीय माविले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि गर्ने भएको छ । प्रतियोगितामा ३ विधामा विभिन्न विद्यालयका ५१ टिमले प्रतिस्पर्धा गर्ने पुष्पसदनका संस्थापक एवं निर्देशक महेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमा बताए ।
सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गर्ल्समा २५ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । गर्ल्सको प्रतिस्पर्धा थ्री बाइ थ्री ढाँचामा हुनेछ ।
सामुदायिक विद्यालयका लागि प्रवेश निःशुल्क गरिएको प्रतियोगिता मंसिर १ सम्म कीर्तिपुरस्थित आयोजककै कोर्टमा हुनेछ ।
संस्थापक श्रेष्ठले विभिन्न स्तरका बुद्धिचाल, टेबलटेनिस, फुटसल र तानडोरी प्रतियोगिता आयोजना गर्दै आएकामा चाँडै क्रिकेट प्रतियोगिता गर्ने तयारीमा रहेको बताए ।
