स्वस्तिका र शिभालीको सेमिफाइनल यात्रा

सातदोबाटोस्थित टेनिस कोर्टमा महिला सिंगल्सतर्फ बुधबार स्वस्तिकाले कर्मिष्ठा श्रेष्ठलाई ६–०, ६–० ले र शिभालीले साल्भी शेरचनलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरे ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Swastika and Shivali's journey to the semifinals

काठमाडौँ — स्वस्तिका विष्ट र शिभाली गुरुङ मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा महिला सिंगल्सतर्फ बुधबार स्वस्तिकाले कर्मिष्ठा श्रेष्ठलाई ६–०, ६–० ले र शिभालीले साल्भी शेरचनलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा प्रदीप खड्काले देवाशिष रेउलेलाई ६–०, ६–१, आयुशमान हजुर घलेलाई ६–२, ६–१, छेवाङ लामाले निश्चल कायस्थलाई ७–५, ६–४, राजवीर प्रधानले सर्वेश खनाललाई ६–०, ६–१, प्रणव मानन्धरले विपुल अधिकारीलाई ६–०, ६–२, सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६–४, ६–४, निशान श्रेष्ठले असभसम्राट हाडालाई ६–०, ६–० ले र निहालजंग थापाले सन्तोष खत्रीलाई ६–४, ६–३ को सेटमा हराएर क्वाटरफाइनलमा स्थान बनाए ।

होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको यू–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठले विविध भट्टचनलाई १०–६, ८–१०, १०–४ तथा सर्वज्ञजंग खत्रीले सात्विक मल्होत्रालाई १०–६, १०–६ ले हराएर उपाधि भिडन्त पक्का गरे । गर्ल्सतर्फ स्वर्णिमा श्रेष्ठले बेनाफ्सा महर्जनलाई १०–६, १०–४ ले र भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०–८, १०–८ ले हराएर फाइनलमा स्थान पक्का गरे ।

यू–९ गर्ल्स सिंगल्समा निम्ति कुँवर, अमिरा गुप्ता, सहारा कायस्थ र हीरादेवी एडीले जित पाए । ब्वाइजमा सर्वज्ञजंग खत्री विजयी भए ।

यू–१० ब्वाइज सिंगल्समा सोनाम घले, आहान भट्टराई, कायान चालिसे र भिरल अग्रवाल विजयी भए । यू–१२ ब्वाइज सिंगल्समा आरित मल्ल, निधाय राणा, अभिषेक बयलकोटी, वेदान्त चालिसे, सभ्यजंग कार्की, सुजन कुइँकेल, आर्यशराज पौडेल र विश्वविशेष डल्लाकोटी विजयी भए । गर्ल्समा सराह थापा, अनुश्री ध्वजु, सरा पन्त र नाइरा घलेले जित हात पारे ।

यू–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र विक, असभसम्राट हाडा, साङ्गे रोकाया र दर्शिल श्रेष्ठ विजयी भए ।

कान्तिपुर

Link copied successfully