महिला बास्केटबलमा साइपाल र ग्रान्डी विजयी

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा साइपालले जेभियर कलेजलाई ८०–१८ स्कोरले पराजित गर्‍यो ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Saipal and Grandi win in women's basketball

काठमाडौँ — साइपाल एकेडेमीले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा साइपालले जेभियर कलेजलाई ८०–१८ स्कोरले पराजित गर्‍यो । चारै क्वाटरमा अग्रता लिएको साइपालले क्रमशः १८–१०, २४–४, १९–४ र १९–० को प्रदर्शन गर्‍यो । साइपालकी दिभा महर्जनले ३३ स्कोर जोडिन् ।

अर्को खेलमा ग्रान्डी स्टार्सले ट्रेनिङ ग्राउन्डलाई ४२–३९ ले हरायो । ग्रान्डीले पहिलो क्वाटरमा ६–१५, दोस्रोमा १६–११, तेस्रोमा १०–६ र चौथोमा १०–७ स्कोर गर्‍यो । ग्रान्डीकी रिन्चेन मोक्तानले १० स्कोर गरिन् ।

एन्जल्स हार्ट नेसनल स्कुलले नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगिताको यू–१६ मा स्वर्णिमले बौद्ध स्कुललाई २२–४ ले हरायो । स्वर्णिमकी हिसी ल्हामुले १० स्कोर बटुलिन् ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले उद्घाटन गरे । खुला र यु–१६ मा ४–४ टिम सहभागी छन् ।

कान्तिपुर

Link copied successfully