रियल लिभरपुलसँग पराजित

लुइस डियाजले दुई गोल गरेपछि बायर्न म्युनिकले भने डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले पराजित गर्‍यो ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Real Madrid defeated by Liverpool

काठमाडौँ — एलेक्स म्याक एलिस्टरले गरेको एक मात्र गोलको मद्दतले लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति रियल म्याड्रिडलाई १–० ले हराएको छ । लुइस डियाजले दुई गोल गरेपछि बायर्न म्युनिकले भने डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले पराजित गर्‍यो ।

इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलले भने स्लाभिया प्रागलाई ३–० ले हरायो । त्यसमा सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका म्याक्स डाउमन प्रतियोगिताकै इतिहासमा खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी बने । उनले यो उपलब्धी १५ वर्ष ३ सय ८ दिनमा चुमेका हुन् ।

बायर्न तथा आर्सनल अंक तालिकाको शीर्ष दुई स्थानमा छन् र उनीहरूले सबै चारै खेल जितेका छन् । एनफिल्डमा भएको खेलमा रियलका लागि गोलरक्षक थिबो कोट्वाले शृंखलाबद्ध बचाउ गरेर छ पल्टको च्याम्पियन लिभरपुललाई साँघुरो जितमा रोकेका थिए ।

अन्य खेलमा एटलेटिको म्याड्रिडले युनियन सेन्ट गिलोसलाई ३–१, मोनोकाले बोड/गिल्मटलाई १–० र टोटनहमले कोपनहेगनलाई ४–० ले हरायो । यस्तै नेपोलीले इन्ट्राख्ट फ्रायन्कफर्टले ०–०, युभेन्ट्स र स्पोर्टिङ लिस्वनले १–१ तथा ओलम्पियाकोस र पीएसजी आयनहोभनले १–१ को बराबरी खेले । 

कान्तिपुर संवाददाता

Link copied successfully