यो साझेदारीअन्तर्गत दुवै पक्षले संयुक्त प्रचार अभियान, खेलाडीको समर्थनमा ब्रान्ड प्रमोसन, स्टेडियमभित्र उत्पादन प्रदर्शन र डिजिटल सहकार्यजस्ता क्रियाकलाप गर्ने बोल्ट्सले जनाएको छ ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) का लागि साबिक विजेता जनकपुर बोल्ट्ससँग फेमस स्टिल जोडिएको छ । फेमस स्टिललाई राष्ट्रिय स्तरमा टेलिभिजन, डिजिटल प्लेटफर्म र खेलमैदानमार्फत लाखौं दर्शकमाझ पुर्याउने बोल्ट्सको विश्वास छ ।
मधेश प्रदेश र जनकपुर क्षेत्रमै बलियो व्यापारिक उपस्थिति बनाइसकेको फेमस स्टिलका लागि यो सहकार्य स्थानीय उपभोक्तासँग भावनात्मक रूपमा जोडिन र ब्रान्ड निष्ठा बलियो पार्ने एउटा उत्कृष्ट अवसर बनेको फेमस स्टिलले जनाएको छ ।
फेमस स्टिलको मुख्य उत्पादन कारखाना बुटवल औद्योगिक क्षेत्र, रामनगर–१२, बुटवलमामा अवस्थित छ । अनुभवी इन्जिनियर, डिजाइनर र प्राविधिकको दक्ष टोलीले गुणस्तर, नवप्रवर्तन र दिगोपन जस्ता ब्रान्डका मूल मूल्यहरू कायम राख्न सधैं सहकार्यपूर्वक काम गर्दै आएको छ । यो साझेदारीअन्तर्गत दुवै पक्षले संयुक्त प्रचार अभियान, खेलाडीको समर्थनमा ब्रान्ड प्रमोसन, स्टेडियमभित्र उत्पादन प्रदर्शन र डिजिटल सहकार्यजस्ता क्रियाकलाप गर्ने बोल्ट्सले जनाएको छ ।
सम्झौताअनुरुप फेमस स्टिलले जनकपुर बोल्ट्सको सफलता र शक्तिसँग आफ्नो ब्रान्डलाई जोड्ने छ । नेपालमा खेलकुद र युवाप्रेरणालाई समर्थन गर्ने यो सहकार्यले फेमस स्टिललाई नयाँ बजार विस्तार, आधुनिक र युवामैत्री ब्रान्डको रूपमा स्थापित गर्न मद्दत गर्ने विश्वास छ ।
