महिला बास्केटबल च्याम्पियनसिप हुने

नेपाल बास्केटबल संघ (नेबा) को सहकार्यमा हुने च्याम्पियनसिपमा सिनियर र यू–१६ मा गरी ८ टोलीको सहभागिता हुने एन्जल्स स्कुलमा प्रधानाध्यापक टकबहादुर थापाले बताए ।

कार्तिक १८, २०८२

कास

Women's Basketball Championship to be held

काठमाडौँ — एन्जल्स हर्ट नेसनल स्कुलको आयोजनामा समृद्धि खुला महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ । कात्तिक १९ देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ ।

नेपाल बास्केटबल संघ (नेबा) को सहकार्यमा हुने च्याम्पियनसिपमा सिनियर र यू–१६ मा गरी ८ टोलीको सहभागिता हुने एन्जल्स स्कुलमा प्रधानाध्यापक टकबहादुर थापाले बताए । सिनियरतर्फ जेभियर कलेज, सतपाल एकेडेमी, ट्रेनिङ ग्राउन्ड स्पोर्ट्स र ग्रान्ड स्टार गरी ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सिनियरतर्फ डबल लिगको ढाँचामा खेलाइने छ ।

यू–१६ तर्फ बौद्ध मेरिडियन, आरआईबीएस, भ्याली पब्लिक र स्वर्णिम स्कुल गरी ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सिनियरतर्फ शीर्ष तीन टोलीले क्रमशः ४०, २० र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।  

च्याम्पियनसिपका लागि ६ देखि ७ लाखको खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । सामाजिक प्लेटफर्ममार्फत च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।    

कास

Link copied successfully