यो वर्ष राष्ट्रिय लिग मात्र हुने

‘होम एन्ड अवे’ को आधारमा अर्को ‘ए’ डिभिजन लिग भने अर्को वर्षको पुस ३ बाट हुनेछ । त्यसका लागि बैठकले कार्यतालिका पनि निश्चित गरेको छ ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

There will only be a national league this year.

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) र सहिद स्मारक लिग ‘ए’ डिभिजनका क्लबबीच सोमबार बसेको बैठकले यो वर्ष राष्ट्रिय लिग गर्ने निर्णय गरेको छ । त्यसअनुसार पुस ९ देखि राष्ट्रिय लिग हुनेछ । यस्तोमा यो ‘ए’ डिभिजन लिग हुने छैन ।

‘होम एन्ड अवे’ को आधारमा अर्को ‘ए’ डिभिजन लिग भने अर्को वर्षको पुस ३ बाट हुनेछ । त्यसका लागि बैठकले कार्यतालिका पनि निश्चित गरेको छ ।

अब हुने राष्ट्रिय लिगमा कुल दस टिमको सहभागिता रहनेछ । त्यसमध्ये पछिल्लो ‘ए’ डिभिजनमा शीर्ष छ स्थानमा रहेका टिमले सहभागिता जनाउने छन् । ती क्लबहरूका नाम छन्– चर्च ब्वाइज, मछिन्द्र, पुलिस, जावलाखेल, सातदोबाटो र एनआरटी । बाँकी चार टिमको छनोट भने एन्फा प्रेसिडेन्ट्सकप लिग फुटबलबाट हुनेछ । यो प्रतियोगिता हेटौंडामा हुनेछ र कार्तिक १९ बाट खेल सुरु हुनेछन् ।

कान्तिपुर

Link copied successfully