भारत पहिलो पटक महिला विश्वकप च्याम्पियन

 सन् २००५ र २०१७ मा उपविजेतामै सीमित भएको भारतले च्याम्पियन बन्दै इतिहास रचेको हो 

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

India wins Women's World Cup for the first time

काठमाडौँ — सेफाली वर्मा र दीप्ति शर्मा ब्याट तथा बल दुवैबाट चम्केपछि भारतले आइतबार राति दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै महिला विश्वकपको उपाधि जितेको छ । भारतले महिला विश्वकप जितेको यो पहिलो पटक हो ।

पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो । त्यसको जवाफमा मुम्बईको डीवाई पाटिल स्टेडियममा दक्षिण अफ्रिका २ सय ४६ रन बनाएर अलआउट भयो । दीप्तिले त्यसमा पाँच विकेट लिइन् ।

India wins Women's World Cup for the first timeसेफालीले भारतका लागि सर्वाधिक ८७ रन बनाइन् । यस्तै दीप्तिको ब्याटबाट ५८ रन निस्केको थियो । वर्षाले खेल ढिला सुरु भएको थियो र यसक्रममा भारतले चुनौतीपूर्ण स्कोर खडा गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान लउरा वल्भार्डले आकर्षक १ सय १ रन बनाइन्, तर उनी आउट भएसँगै ४५ हजार भारतीय समर्थकमा खुसीयाली छाएको थियो । दीप्तिले नादिन डे क्लर्कको अन्तिम विकेट लिएसँगै भारतको जित निश्चित भएको थियो ।

सन् २००५ र २०१७ मा उपविजेतामै सीमित भएयता भारत महिलाको वान डे विश्वकप च्याम्पियन भएको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully