कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान् खेलाडी खोज्न लागेको हो ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Karnali Yaks' talent hunt on Monday

सुर्खेत — कर्णाली याक्स स्पोर्ट्स प्रालिले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान् खेलाडी खोज्न लागेको हो । ट्यालेन्ट हन्ट सोमबार बिहान ७ बजेबाट सुर्खेतको वीरेन्द्रनगरमा रहेको इन्डोर हलमा आयोजना हुने कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले जानकारी गराए ।

बस्नेतका अनुसार अघिल्लो दिनसम्म दुई सयभन्दा बढी युवा खेलाडीले ट्यालेन्ट हन्टमा सहभागी हुन निवेदन दिएका छन् । ‘हामीले खुलाएको दर्ता फारममार्फत मात्रै दुई सयभन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी हुन इच्छुक देखिनुभएको छ,’ प्रशिक्षक बस्नेतले भने, ‘फारम भर्न कोही छुट्नुभएको छ भने पनि हामी उहाँहरूलाई ट्यालेन्ट हन्टमा सहभागी गराउनेछौं ।’

गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदाएका विपिन शर्मा यस पटक कर्णाली याक्समै रिटेन गरिसकेको छ । ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न सहर र धार्मिक स्थलहरूमा ट्रफी यात्रा गर्ने तयारी गरेको छ । ट्रफी यात्रालाई कर्णाली प्रदेश क्रिकेट एसोसिएसनले सहजीकरण गर्नेछ । 

कान्तिपुर

Link copied successfully