गप्टिल विराटनगर किंग्समै

गत वर्ष पनि मार्टिन गप्टिलले विराटनगरबाटै एनपीएल खेलेका थिए । तर विराटनगर प्ले अफमा पुग्न सकेको थिएन ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Guptill in Biratnagar Kings

काठमाडौँ — न्युजिल्यान्डका पूर्वओपनर मार्टिन गप्टिलले विराटनगर किंग्सबाटै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । गत वर्ष पनि गप्टिलले विराटनगरबाटै एनपीएल खेलेका थिए । तर विराटनगर प्ले अफमा पुग्न सकेको थिएन ।

गप्टिलले विराटनगरबाट ६ खेलमा १२० माथिको स्ट्राइक रेटमा १ सय ३७ रन बनाएका थिए । उनले एनपीएलको पहिलो खेलमै जनकपुर बोल्ट्सविरुद्ध ५५ रन बनाएका थिए । गप्टिलको आगमनले ब्याटिङ लाइनअपलाई बलियो तथा पावर प्लेको समयमा टोलीलाई आक्रामकता दिने विराटनगरका टिम निर्देशक दीपेन्द्र चौधरी जनाउँछन् । 

गप्टिलले न्युजिल्यान्डबाट ४७ टेस्ट, १ सय ९८ एकदिवसीय अन्तर्राष्ट्रिय र १ सय २२ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १३ हजारभन्दा बढी रन बनाएका छन् । घरेलु मैदानमा २०१५ मा भएको एकदिवसीय विश्वकपमा उनले वेस्ट इन्डिजविरुद्ध १ सय ६८ बलमै २ सय ३७ रनको अविजित इनिङ्स खेलेका थिए, जुन एकदिवसीयको दोस्रो उच्च स्कोर हो । 

गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि गप्टिल ग्लोबल फ्रेन्चाइज लिग खेल्दै आएका छन् । विराटनगरले अघिल्लो दुई दिन अघिमात्र फाफ डु प्लेसिसलाई आउँदो सिजनको एनपीएलका लागि अनुबन्ध गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully