यू–१९ भलिबल टोलीको बिदाइ

श्रीलंकाको कोलम्बोमा कात्तिक १८ देखि २३ सम्म हुने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहनेछ ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Farewell to the U-19 Volleyball Team

काठमाडौँ — नेपाल भलिबल संघले काभा यू–१९ महिला भलिबल प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।

श्रीलंकाको कोलम्बोमा कात्तिक १८ देखि २३ सम्म हुने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहनेछ ।

गत वर्ष माल्दिभ्समा सम्पन्न काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो भने किर्गिस्तानले उपाधि उचालेको हो ।

नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाली टोलीको बिदाइ गर्दै खेलाडीलाई राष्ट्रिय झण्डाको गौरव बढाउन सुझाए । उनले नेपालको राष्ट्रिय खेल भलिबलका लागि कभर्डहल बनाउन लैनचौरस्थित स्काउटको जग्गा लिनेबारे छलफल भएको जानकारी गराए ।

जेनिशा विश्वकर्माको कप्तानीमा रहेको नेपाली टोलीमा मीना सुनार, आशिका क्षेत्री, निशा महर, एन्जिला प्रधान, भावना तामाङ कृष्मा डाँगी, सम्झना नेपाली, प्रतिभा चौधरी, स्निता खत्री, रेविका लामा तामाङ र विनिता राना छन् ।

कान्तिपुर

Link copied successfully