सुदूरपश्चिमको प्रशिक्षण सुरु

पहिलो दिन ५ खेलाडीको सहभागिता थियो । पहिलो सिजनमा उपाधि नजिक पुगेको सुदूरपश्चिम यसपालि उपाधि जित्ने लक्ष्यमा छ ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Far West training begins

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि शनिबारदेखि प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षक जगत टमाटाको नेतृत्वमा टोलीले काठमाडौं क्रिकेट एकेडेमी (केसीए) मा प्रशिक्षण थालेको हो ।

पहिलो दिन ५ खेलाडीको सहभागिता थियो । पहिलो सिजनमा उपाधि नजिक पुगेको सुदूरपश्चिम यसपालि उपाधि जित्ने लक्ष्यमा छ ।

मुख्य प्रशिक्षक टमाटाले दोस्रो सिजनका लागि टिम समन्वय राम्रो भएको र उपाधि जित्न आफूहरू विश्वस्त रहेको बताए । ‘यो सिजन उपाधि जित्नेमा हामी विश्वस्त छौं, टिम झनै बलियो छ,’ टमाटाले भने ।

मंसिर १ देखि २७ सम्म हुने एनपीएलका लागि सुदूरपश्चिम रोयल्स टिममा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, विनाश बोहरा, दीपक बोहरा, 

मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन छन् ।

कान्तिपुर

Link copied successfully