मलेसियामा भएको डब्लूकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकीमा हौसलास्वरुप एरिकालाई ५० हजारसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो ।
काठमाडौँ — कीर्तिमानी पदक विजेता कराते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छन् । क्यानडामा बसोवास गर्दै आएका मनमैंजु डोजोका प्रमुख प्रशिक्षक नीरज महर्जनले व्यक्तिगत रूपमा एरिकालाई सम्मान गरेका हुन् ।
मलेसियामा भएको डब्लूकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकीमा हौसलास्वरुप एरिकालाई ५० हजारसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो । एरिका डब्लूकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । कार्यक्रममा मनमैंजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहकलगायत उपस्थित थिए ।
एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा सहभागिता जनाउने छिन् । उनले युनिभर्सालिटी कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् । उनीसँगै एकल काताकी सानुमाया थिङले पनि विश्व च्याम्पियनसिप खेल्ने छन् ।
