अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियन युवा क्रिकेटरको मृत्यु

बेन अस्टिन नाम गरेका १७ वर्षीय क्रिकेटर नेटमा अभ्यास गरिरहेका बेला अटोमेटिक बलिङ मेसिनबाट फालिएको बल टाउको र गर्धनमा लागेको थियो ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

Young Australian cricketer dies after being injured during practice

काठमाडौँ — अस्ट्रेलियाका एक युवा क्रिकेटरको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेपछि मृत्यु भएको छ । 

बेन अस्टिन नाम गरेका १७ वर्षीय क्रिकेटर नेटमा अभ्यास गरिरहेका बेला अटोमेटिक बलिङ मेसिनबाट फालिएको बल टाउको र गर्धनमा लागेको थियो । 

अभ्यासका क्रममा उनले हेलमेट भने लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । मंगलबार उनलाई चोट लागेपछि आपतकालीन सेवा बोलाइएको थियो ।

अस्पतालमा बेनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको थियो । तर बुधबार उनको अस्पतालमै मृत्यु भयो । उनको क्रिकेट क्लबले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully