यो जितपछि इन्टरको ९ खेलबाट १८ अंक भएको छ ।
काठमाडौँ — इन्टर मिलानले बुधबार राति इटालीको 'सिरी ए' मा फियोरेन्टिनालाई ३–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । त्यसमा हाकान चाहालोलु दुई गोल गरे । एक गोल पिटर सुचिचको नाममा रह्यो ।
यो जितपछि इन्टरको ९ खेलबाट १८ अंक भएको छ । डिफेन्डिङ च्याम्पियन नेपोली र एएफ रोमा समान २१ अंकमा शीर्ष दुई स्थानमा छन् । फियोरेन्टिना भने खराब लयमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ ।
उसको नौ खेलबाट चार अंक माक्र छ र १९ औं स्थानमा छ । अन्य खेलमा त्रेमोन्सले जेनोआलाई २–० ले हरायो भने बोलोग्ना र टुरिनोले गोलरहित बराबरी खेले ।
