अस्ट्रेलियाविद्धको खेलमा भारतीय टिमका ब्याटर श्रेयस अय्यर गम्भीर घाइते, अस्पताल भर्ना

एक दिवसीय शृंखलाको तेस्रो खेलको ३४ औं ओभरमा एलेक्स क्यारीलाई आउट गर्न क्याच लिन पछाडी दौडिने क्रममा उनी बायाँतर्फ लडेका थिए ।

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

Indian batsman Shreyas Iyer seriously injured in Australia match, admitted to hospital

काठमाडौँ — भारतीय क्रिकेट टिमका ब्याट्सम्यान श्रेयस अय्यर अस्ट्रेलियाविरुद्धको तेस्रो खेलका क्रममा लागेको चोटकका कारण अस्पतालमा भर्ना भएका छन् । चिकित्सकले उनको अवस्था अहिले ठीक रहेको बताएका छन् । उनलाई स्प्लीनमा चोट लागेको थियो । 

एक दिवसीय शृंखलाको तेस्रो खेलको ३४ औं ओभरमा एलेक्स क्यारीलाई आउट गर्नेक्रममा क्याच लिन पछाडी दौडिने क्रममा उनी बायाँतर्फ लडेका थिए । पीडाले छट्पटाइरहेका अय्यरलाई मैदानभित्रै प्राथमिक उपचार गरे पनि चोट गम्भीर भएकाले अस्पताल लिइएको थियो । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले उनी तत्काल टिममा फिर्ता हुनेबारे कुनै जानकारी दिएको छैन । तर उनको अवस्था स्थिर रहेको बताइएको छ । 

सोमबार बीसीसीआईले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘२५ अक्टोबरमा श्रेयर अय्यरलाई सिड्नीमा अस्ट्रेलियाविरुद्ध खेलिएको तेस्रो एक दिवसीय खेलका क्रममा मैदानमा फिल्डिङ गर्ने क्रममा बायाँ करङको मुनि चोट लागेको छ । यसपछि उनलाई चेकजाँचका लागि अस्पताल लगिएको छ ।’ 

स्क्यान गर्दा उनको स्प्लीनमा चोट लागेको पाइएको छ । उनको उपचार जारी रहेको र सुधार भइरहेको बीसीसीआईले जनाएको छ । 

कान्तिपुर

Link copied successfully