काभा कपमा अर्को हार

बंगलादेशमा भइरहेको काभा कपको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली टिमले श्रीलंकासँग सोझो सेटमा हार बेहोरेको छ ।

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

Another defeat in the Cava Cup

काठमाडौँ — नेपाली पुरुष भलिबल टोली सोमबार काभा कप (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल प्रतियोगितामा पराजित भएको छ ।

बंगलादेशमा भइरहेको काभा कपको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली टिम श्रीलंकासँग सोझो सेटमा हार्‍यो । आयोजक बंगलादेशसहित ६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपालले एउटामात्र खेल जितेको थियो ।

सोमबार श्रीलंकासँग २५–१८, २५–१७, २५–२० को सेटमा पराजित नेपालले माल्दिभ्समाथि भने सोझो सेटमा जित पाएको थियो ।

लिगका अन्य खेलमा अफगानिस्तान र तुर्कमेनिस्तानसँग सोझो सेटमा हारेको नेपालले घरेलु टोली बंगलादेशसँग ३–२ को सेटमा प्रतिस्पर्धात्मक हार बेहोरेको थियो । नेपालले अब मंगलबार पाँचौं स्थानको प्लेअफमा माल्दिभ्ससँग खेल्ने तालिका छ ।

कान्तिपुर संवाददाता

Link copied successfully